विराटनगर । मोरङको पथरीशनिश्चरेमा खोलामा डुबेर बुधबार बिहान एक जना नाबालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार डाँस खोलामा डुबेर पथरीशनिश्चरे नगरपालिका–९ मगर टोलका राजु भुजेलका ३ वर्षीय छोरा क्रिसन भुजेलको मृत्यु भएको हो ।
क्रिसनलाई घरनजिकको खोलामा डुबिरहेको अवस्थामा आफ्नै दिदीले बिहान ८ बजेतिर फेला पारेकी थिइन् । घाइते अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मंगलबारे लगिएको थियो ।
अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट खेल्दै जाने क्रममा नाबालक खोलामा डुबेको खुलेको छ ।
उपचारका लागि लगिएको अस्पतालमै शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post