इटहरी । नेपाल दूरसञ्चार प्राधिकरणले सुनसरीको इटहरीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, उद्योग बाणिज्य सङघ इटहरीका अध्यक्ष जीवन पराजुली, इलाका प्रहरीले कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक माधब काफ्ले, होटेल ब्यवसायी संघ इटहरीका कार्यबाहक अध्यक्ष जयप्रकाश उपाध्याय लगायले बोलेका थिए ।
वक्ताहरुले इन्टरनेटको सेवा भरपर्दो बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवाला बीच छलफल सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने तथा उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्नेबारे चर्चा गरिएको थियो ।
इन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा सेवा प्रदायक, वित्तिय संस्था, निजि क्षेत्र, पत्रकार, समाजसेवी तथा प्राविधिक विघार्थीहरुको सहभागिता रहेको थियो ।
अन्तर्कृयामा सेवा प्रदायक संस्थाहरुले दूरसंचारको गुणस्तर विनियमावली बमोजिम कार्य गर्नुपर्ने विषय कर्यपत्रमा समावेस गरि छलफल भएको थियो ।
सेवाग्राही सहभागीबाट सेवा प्रदायकहरुले समयमा गुनासो सुनुवाई नभएको कुरा उठान गरेका थिए ।
त्यस्तै सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले सडक मर्मत लगायत गर्दा तार काटिने हुँदा सेवा अवरुद्ध हुने विषय उठाएका छन् ।
यस्तै प्राधिकरणका उपनिर्देशक प्याकुरेलले अन्तर सरकारी निकाय र संस्थाबीच समन्वयको अभावका कारण समस्या उत्पन्न भएको जिकिर गरे ।
Discussion about this post