इटहरी । कोशी प्रदेशको नाम खारेजी माग गर्दै आन्दोलनरत पहिचावादीहरुले आइतबार इटहरीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा लेखक खगेन्द्र संग्रौलालगायतले सम्बोधन गरेका थिए । संग्रौलाले पहिचानवादी ठान्ने ठूला पार्टीका कारण प्रदेशको नाम पहिचान बिरोधी नामकरण भएको टिप्पणी गरे ।
विरोध प्रदर्शनका कारण दिनभर पूर्वपश्चिम तथा उत्तर दक्षिण यातायात चल्न सकेनन् । यातायात नचल्दा छोटो तथा लामो दूरीका यात्रु अलपत्र परेका थिए ।
पहिचानको आन्दोलनमा सहादतप्राप्त गरेका पदम लिम्बु लाजेहाङको शव परिक्रम तथा श्रद्धाञ्जली सभामानिषेधित क्षेत्रमाप्रवेश गर्दा हिजो विराटनगरमा प्रहरीसँग झडप भएको थियो।
उनीहरुले पहिचानको आन्दोलननिरन्तर अघि बढ्ने चेतावनी समेत दिएका छन् ।
Discussion about this post