धनकुटा । धनकुटा प्रहरीले मुलघाटबाट १७ बोरा गाँजा बरामद गरेको छ ।
शनिबार बिहान को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको करिब पाँच सय किलो गाँजा बरामद गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने भागेको उनको भनाइ छ ।
भाग्दै गरेका ट्रक चालकलाई समाउन खोज्दा मुलघाट चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ घाइते भएका छन् ।
उक्त मिनी ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
फरार चालकको खोजी भइरहेको छ भने बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जनाए ।
Discussion about this post