काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए ।
रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो। यस प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन्।
Discussion about this post