झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगी भुटानी शरणार्थी शिविरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीया निर्पा राई र ३२ बर्षीय सन्जोग गुरुङको साथबाट ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।
लागूऔषध सेवनकर्ताहरु १९ बर्षीय मन्दिप दर्जी, १९ बर्षीय अविराज गुरुङ, २३ बर्षीय मिलन गुरुङ र २४ बर्षीया दिलु तामाङलाई पक्राउ गरी उनीहरुको साथबाट २ थान मोबाईल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post