विराटनगर । भोजपुरको षडानन्द नगरपालिका २ स्थित चिर्खुवा हाईड्रोपावरको ट्रयाक्टर चालक मृत फेला परेका छन् ।
सिन्धुलीको गोलनजोर गाउँपालिका २ घर भएका ३० वर्षीय लक्ष्मण रैका मगर सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
बुधबार बेलुका खाना खाएर हाईड्रोपावरस्थित क्वाटरमा सुतेका उनी बिहीबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको परिवारलाई खबर गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले उल्लेख गरेको छ ।
Discussion about this post