इटहरी । महिला श्रमिकहरुलाई ज्यालामा विभेद गर्ने चलनको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । इटहरीमा आयोजित अन्तरक्रियाका सहभागीले समान काम भए पनि लिंगका आधारमा ज्यालामा विभेद अन्यायपूर्ण भएको बताए ।
ओरेक नेपाल सुनसरीको आयोजनामा महिला श्रमिकको पहिचान स्थापनाका लागि सञ्चारकर्मीहरुले खेल्नुपर्ने भुमिका विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
मनोरञ्जनका क्षेत्र साथै अन्य मुलुक हुँदै वैदेशिक रोजगारीमा जाने महिलाहरुले विभिन्न किसिमका समस्याहरु झेल्दै आएको जनाइएको थियो ।
यसबारे सशक्त रुपमा सञ्चारकर्मीहरुले आवाज उठाउनु पर्नेमा सहजकर्ता सुनिता मैनालीले जोड दिइन् ।
वैदेशिक रोजगारीसँग जोडिने कानुन लगायतका विषयमा सरस्वती दुनुवारले सहजीकरण गरेकी थिइन् ।
सहभागीले कतिपय कानुनहरु भएपनि कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकिरहेको साथै कतिपय महिला श्रमिकहरुलाई लक्षित गरी कानुन बनाउनु पर्ने अवस्था रहेको समेत जोड दिएका थिए ।
सुनसरीमा महिला श्रमिकहरुका विषयमा ओरेक सुनसरीकी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी गराएकी थिइन् ।
Discussion about this post