विराटनगर । कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित इलाका प्रहरी कार्यालय नेमुवाअगाडि प्रहरी टोलीले बुधबार बिहान गाँजा बरामद गरेको छ ।
मोटरसाइकलमा आएका २ जना युवाले सडकमा फ्याँकेको झोलाबाट करिब ३८ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार जाँचका लागि प्रहरी नायब निरीक्षक (सइ) उज्वल शाक्य नेतृत्वको टोली खटिएको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ नेमुवाको प्रहरी कार्यालयअगाडि झोला फ्याँकेर मोटरसाइकलमा सवार रहेका युवा फरार बनेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल जाँचका लागि प्रहरीले बिहान ५ बजेतिर रोक्न खोजेको थियो । डीएसपी दाहालले जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला सडकमा फालेर मोटरसाइकलमा सवार व्यक्ति फरार बनेको बताए ।
उनका अनुसार नियन्त्रणमा लिएर दुवै झोला चेकजाँच अन्दाजी ३८ किलोग्राम गाँजा बरामद भएको हो । फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार रहेका २ जनाको खोजी जारी राखिएको दाहालले बताए ।
Discussion about this post