विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ सांसदसहित दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसमेत ४७ सांसदको नामसहित थापाले मुख्यमन्त्रीका लागि बिहीबार दाबी पेश गरेका हुन् ।
थापालाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) का सांसदले साथ दिएका छन् ।
माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएका थिए ।
त्यसपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
Discussion about this post