विराटनगर । सुनसरीको रामधुनी १ मा सवारी साधनको ठक्करले एकजना महिलाको मृत्यु भएको छ ।
रामधुनी १ मिलन पेट्रोल पम्प अगाडि सवारी साधनले ठक्कर दिएर मृत्यु भएको अवस्थामा अन्दाजी ३५ वर्षकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको पहिचान हुन सकेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान हुन सकेको छैन । खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post