इटहरी । मिलन सेवा समाजको सभापतिमा खेमराज घिमिरे (गोपाल) निर्विरोध निर्वाचित भएका छन् ।
समाजका संस्थापक सचिव रहेका घिमिरे नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ सुनसरीका अध्यक्ष पनि हुन् ।
संस्थाको उपसभापतिमा महेश पौडेल, सचिवमा चेवनप्रसाद पौडेल, कोषाध्यक्षमा शशी आचार्य र सहसचिवमा मोहन चापागाईं चयन भएका छन् ।
यसैगरी, सदस्यमा योगेन्द्र ओझा, बिजय पौडेल, डा. सुजन गौतम, अरूणा ओझा, यमुना चापागाईँ र ढकमणि पौडेल चुनिएका छन् ।
अधिवेशनका अवसरमा स्रष्टा सम्मानबाट जेष्ठ नागरिक जनार्दन शर्मा चापागाँई र गोपालप्रसाद ओझा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका पूर्वसभापती उमेश पौडेल लगायतको सहभागिता थियो ।
Discussion about this post