झापा । झापाको झापा गाउँपालिकामा सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालका अनुसार झापा गाउँपालिका ४ स्थित ग्रामथानका गौतमकुमार गणेशका छोरा डेनिसको डुबेर मृत्यु भएको हो ।
नेपाल–भारत सिमाना नजिकै खाल्डोमा जमेको पानीमा डेनिस आइतवार डुबेका थिए ।
खेल्ने क्रममा पानीमा डुबेका उनलाई उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post