विराटनगर । जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरिन् ।
छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन् । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउनसमेत आग्रह गरिन् ।
सामाजिक सञ्जालमार्फत साथी बनेर अनैनिक कार्य गरेको पनि पाइने गरेको उनको भनाइ थियो । उनले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।
Discussion about this post