विराटनगर । मोरङको बूढीगंगामा पोखरीबाट घाइते अवस्थामा उद्धार गरिएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
पोखरीमा डुबेर बूढीगंगा गाउँपालिका–३ का कृष्ण मगरका छोरा ३ वर्षीय कृष घाइते भएका थिए । खेल्ने क्रममा घर छेउको पोखरीमा खसेर डुबेका नाबालकलाई मंगलबार दिउँसो २ः४५ बजेतिर उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले गम्भीर अवस्थाका नाबालकको उपचारकै क्रममा मृत्यु भएको बताए ।
उनका अनुसार पोखरीमा डुबेको देखेपछि स्थानीय १२ वर्षीय सविन तामाङले नाबालककी आमा रमिता मगरलाई जानकारी गराएका थिए ।
शवको विराटनगरस्थित कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post