झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ ।
विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल, सञ्चार माध्यममा आएका विषय वस्तुहरुमा ध्यानकर्षण भएको नगरपालिकाले जनाएको हो । यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने नगर प्रमुख राम थापाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई उपलब्ध गराएको निवासमा एक युवतीले टिकटक लाइभ गरेकी थिइन् । उक्त लाइभम ानिरौलाले ती युवतीको गालामा चुम्बन गरेको दृश्य छ भने आफ्नो श्रीमान भएको समेत बताएकी छन् ।
निरौलाले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङ्ग्याएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ ।
भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ। क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो ।
भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।
अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकीमहिला टिकटक लाइभ बसेकी थिइन्। उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ ।
नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल दमकले निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
युवा संघ दमक नगर अध्यक्ष विवेक शर्मा भटराईले जारी गरेको विज्ञप्तिमा सरकारी कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको हो ।
Discussion about this post