झापा । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बुवान प्रान्तीय समिति गठन गरेको छ ।
पार्टीका संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्य एवम् संघीय परिषद् अध्यक्ष ज्ञानबहादुर गुरुङको विशेष आतिथ्यमा भएको सम्मेलनबाट लिम्बुवान प्रान्तीय समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा भुपेन्द्र मावो चयन भएका छन् । समिति ५९ सदस्यीय छ । उपाध्यक्षमा डा. रामनारायण कन्दङ्वा, नन्दु याम्फू, डा. चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्वा छन् ।
महासचिवमा जीतवहादुर राई, योवाहाङ तुम्वाहाम्फे, सचिव विजय निङ्लेखु, विना तामाङ, पञ्च आङ्देम्वे र कोषाध्यक्षमा एसबी सोदेम्वा छन् ।
समितिको सदस्यमा खोमा धिमाल, हेमराज श्रेष्ठ, रामु साम्सुहाङ, रमला फेम्वू, भीम इवाराम, सुमन एक्तेन, जीवन फोम्वो, दिनेश लाङ्वा, सुमन चेम्जोङ, देवराज कुरुङ्वाङ्ग, राम नेयाङ, थीरवहादुर खवास, राम लिम्बू, बेउमान सेरेङ, निशा लिम्बू, खड्ग मावो, विशाल साँवा, रामकुमार योङ्हाङ्ग, मित्र देवान, रिता कटुवाल छन् ।
त्यस्तै, अमरबहादुर मावो, टेकबहादुर योङ्हाङ्ग, हशोक लिम्बू, चन्द्रमान पदालुङ्ग, प्रेम नेम्वाङ, धनवहादुर याक्सो, जितेन्द्र सेवा, उर्मिला मावो खजुम, अनु इङ्नाम, वीर्ख इङ्नाम, नेत्र खापुङ्ग, प्रताप निङलेखु, झगरलाल यादव, निर्भयनारायण मल्लिक, ललित गुरुङ, नुतन आचार्य, मदनकुमार लिम्बू, मधु सम्वाहाम्फे, दिपक लिम्बू, विशाल थाम्सुहाङ, तुलारा मबर्देवा, शुक्र थेगिम, राजकुमार पापो, हरिनारायण चौधरी, तेजनारायण चौधरी छन् ।
सम्मेलनले १४ बुँदे प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमध्ये कोशी प्रदेशको नामाङ्कन खारेज गरिनु पर्नेलगायत माग छन् ।
Discussion about this post