इलाम । जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । विवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले परिचय पत्र वितरण गर्न सुरु गरेको हो ।
पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
उनले बिवरण पठाएका मध्ये पहिलो चरणमा पाँच सयको परिचयपत्र आएको र सोही वितरण गरेको बताए ।
उनका अनुसार परिचयपत्र लिन व्यक्ति स्वयम् ब्यक्ति उपस्थित हुनुपर्ने जनाइएको छ । प्रशासनले फिङ्गर प्रिन्ट रुजु गर्न र पिन नम्बर समेत रहेकाले परिचयपत्र लिन व्यक्ति नै आउनु पर्ने जनाएको छ ।
कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएकाको परिचयपत्र वितरण गरिने प्रशासनले जनाइएको छ ।
Discussion about this post