इलाम । बिक्री र प्रयोग गर्न प्रतिबन्ध गरिएको औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि सूर्योदय नगरपालिकाको फिक्कल बजारमा सञ्चालित पार्वती मेडिकोलाई दुई लाख रुपया जरिवाना गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला नेतृत्वको अनुगमन टोलीले सो मेडिकोलाई जरिवानाका लागि पत्र थमाएको छ । उक्त मेडिकोले बिक्री र प्रयोग गर्न नमिल्ने अर्थात ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको बेटाडिन राखेर प्रयोग गरेको पाइएको सहायक प्रजिअ कोइरालाले बताए ।
उनका अनुसार उक्त मेडिकोमा सो बेटाडिन साढेचार बोतल फेलापरेको थियो । अनुगमनका क्रममा सुर्योदय नगरपालिका –१० मा सञ्चालनमा रहेका अन्य मेडिकल तथा फार्मेसीलाई पनि विभिन्न सुझाव दिइएको छ ।
केही दिन अघिमात्र प्रशासनले इलाम सदरमुकाममा रहेका दुर्गा मेडिकल र माइपोखरी डेन्टललाई पनि दुई–दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।
Discussion about this post