विराटनगर । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बताएका छन् ।
मुख्यमन्त्री थापाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो बताएका हुन् ।
प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको भन्दै उनले वार्ता गर्न तयार रहेको बताएका हुन् ।
जनता समाजवादी पार्टी जसपालाई सरकारमा सहभागी गराउनका लागि सरकार प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार बनेको हो ।
जसपाकी निर्मला लिम्बू आज मन्त्री नियुक्त हुने भएकी छन् ।
उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ ।
नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको थापाको भनाइ छ ।
Discussion about this post