झापा । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सव अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘हर प्रहर, गाउँ र नगरी टोल–टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ इलाका प्रहरी कार्यालय अनारमनीले आइतबार बिर्तामोडस्थित मुक्ति चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा ४७ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
रक्तदान गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत स्थानीयको समेत सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरी श्रीमती संघको वार्षिक उत्सवका अवसरमा विभिन्न सामाजिक कार्य गरेको डीएसपी कार्कीले बताए ।
Discussion about this post