इटहरी । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ ।
सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलका सबै ढोका खुला गरिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले नदीको बहाव उच्च भएका कारण तत्कालका लागि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान सप्तकोसीमा पानीको बहाव ४ लाख ५२ हजार क्यूसेक मापन गरिएको छ । आइतबार ४ लाख ६२ हजार क्यूसेक थियो ।
पानीको बहाव वर्षकै उच्च भएपछि ब्यारेजका सबै ढोका खुला गर्नुपर्ने अवस्था आएको राईले बताए ।
कोशी ब्यारेजको पुलबाट सवारी आवागमनमा भने कुनै अवरोध नभएको उनको भनाइ छ । उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गर्दै पुलमा रातो बत्ती बालिएको जानकारी राईले दिए ।
Discussion about this post