विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।
अध्यक्ष मण्डलमा रहेका कांग्रेसका aप्रदेशसभा सदस्य इस्राइल मन्सुरीले अध्यक्षता गरेको आजको बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ ।
२०७४ (पहिलो संशोधन समेत) को नियम १२८ (४) बमोजिम थापाले सभामा विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत मागेको बैठकमा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । प्रतिपक्षका ४६ मध्ये सभामा ३० जना प्रदेशसभा उपस्थित छन् ।
मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । उपसभामुख सिर्जना दनुवारले सोमबार १ बजे समय तोकेकी थिइन् । तर सोमबार बिहान अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी तोकेर दनुवार काठमाडौं हिँडेकी थिइन् ।
मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभामा अहिले प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् । जसपा संसदीय दलको नेता निर्मला लिम्बूले थापालाई विश्वासको मत दिइने बताइन् ।
अहिले एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले धारणा राखिरहेका छन् । उनले मुख्यमन्त्री थापालाई आफ्नो दलले विश्वासको मत दिने बताए ।
मुख्य मन्त्रीलाई विश्वासको मत लिनका लागि असुविधा पार्ने उद्देश्यले उपसभामुख र केही सांसदहरु बिरामी परेको भन्दै बिदामा बसेको उनले बताए ।
Discussion about this post