विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख प्रदेश सभामा सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् ।
प्रदेश सभा बैठकमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्दै कार्कीले भने, ‘उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्नेछ ।’
आफैंले बोलाएको बैठकमा आफैं उपस्थित नहुनु उपसभामुखको असंसदीय अभ्यास भएको उनले टिप्पणी गरे ।
जिम्मेवार राजनीतिक दलकै व्यवहारका कारण संसदीय व्यवस्थाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको कार्कीले बताए ।
उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिन प्रतिपक्षी एमाले, राप्रपासहितका दलका प्रदेशसभा सदस्यलाई आग्रहसमेत गरे ।
Discussion about this post