विराटनगर । कोशी प्रदेशको प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको पक्ष र विपक्षमा प्रदेशसभा सदस्यबीच मत विभाजन प्रक्रिया सुरु भएको छ ।
पक्ष र विपक्षमा मतदान गर्नका लागि अलगअलग व्यवस्था मिलाइएको छ ।
तटस्थ मतदानको व्यवस्था पनि गरिएको सभाध्यक्ष इस्राइल मन्सुरीले जानकारी दिए ।
मत विभाजन अवधिभरका लागि प्रदेशसभाभित्रका सबै ढोका बन्द गरिएका छन् ।
मत विभाजन नसकिएसम्म प्रदेशसभा सदस्यले बाहिर, भित्र गर्न पाउने छैनन् ।
मत विभाजन सकिएपछि त्यसको परिणाम प्रदेशसभामा सुनाइनेछ ।
Discussion about this post