विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पार्टी तत्काल प्रदेश सरकारमा सहभागी नहुने बताएका हुन् ।
एमाले नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा भने सहभागी नहुने उनले बताए ।
विश्वासको मत लिने अवधिसम्म सरकारलाई समर्थन गर्ने उनले उल्लेख गरे । विश्वासको मतपछि सरकारमा जाने, नजानेबारे केन्द्रीय कमिटीले निर्णय गर्ने उनको भनाइ छ ।
राप्रपा नेता सिटौलाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुँदा पार्टीको समर्थन रहने बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपाका ४६ जना मात्रै छन् । सभामुख पद खाली छ । उपसभामुख एमालेकै सिर्जना दनुवार छिन् । उनले सभाको अध्यक्षता गर्नु परेमा एमाले–राप्रपासँग ४५ मत मात्रै पुग्छ ।
Discussion about this post