धरान । धरान–१३ जिरोप्वाइन्टमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । वीपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिएको थियो ।
ठक्करपछि अम्बिकाको घटनास्थलमै मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएका छन् ।
प्रतिष्ठानको को १ क ११५९ नम्बरको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको थियोे । अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका चिकित्सक उपेन्द्र यादवले जानकारी दिए ।
आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रम चिकित्सक कर्मचारीले आयोजना गरेका थिए ।
Discussion about this post