काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ।
एमालेले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्।
पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन्।
Discussion about this post