काठमाडौँ । पूर्व सामान्य प्रशासनमन्त्री खेमराज भट्ट ‘मायालु’ को बिहीबार राति निधन भएको छ । क्यान्सरबाट ग्रसित उनको काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेतामध्ये एक हुन् ।
कांग्रेसको राजनीतिक पृष्ठभूमिबाट आएका भट्ट २०३० सालतिर रामराजाप्रसाद सिंहले गठन गरेको जनवादी मोर्चामा आबद्ध भएका थिए । उनी मोर्चाको उपाध्यक्ष पनि बनेका थिए ।
उक्त मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ सालमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो ।
पछि फेरि कांग्रेसमै फर्किएका भएका भट्टले कांग्रेसबाटै चुनाव जितेर मन्त्रीसमेत भएका थिए ।
Discussion about this post