इटहरी । काश्यप गोत्रीय अधिकारी बंश प्रतिष्ठान सुनसरीले नजिकिदै गरेको चाडपर्वका अवसरमा कोशी प्रदेशस्तरीय शुभकामना सन्देश कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानको इटहरीस्थित जिल्ला कार्यलयमा केन्द्रिय उपाध्यक्षको प्रमुख आतिथ्यमा बसेको समितिको बैठकले कात्तिक १ गते भेला गर्ने निर्णय गरेको हो ।
केन्द्रिय उपाध्यक्ष शान्तिबहादुर अधिकारीको प्रमुख आतिथ्यमा बसेको बैठकले १ गते शुभकामना सन्देश कार्यक्रम गरी कोशी प्रदेशभरिका काश्यप अधिकारीहरुको भेला गर्न लागेको जिल्ला अध्यक्ष लिलाराज अधिकारीले बताए ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष नरेन्द्रकुमार अधिकारीसहित अन्य केन्द्रिय पदाधिकारीहरु समेतको उपस्थिति हुने भएकाले निकै महत्वपुर्ण रहेको अध्यक्ष अधिकारीले बताए ।
यस्तै, अन्तिम चरणमा रहेको काश्यप अधिकारीहरुको बंशावली प्रकाशनका लागि जिल्ला कार्यसमिति सहितका पदाधिकारीहरुबाट आर्थिक सहयोग संकलन गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्रमा जिल्ला कार्यसमितिको भवन निर्माण गर्ने प्रयोजनका लागि समिति निर्माण गरी कामलाई अघि बढाउने बैठकले निर्णय समेत गरेको छ ।
आजको बैठकमा केन्द्रिय सल्लाहकार प्रदिप अधिकारी, झापा जिल्लाका अध्यक्ष मोहन अधिकारी सहितका इटहरी, धरानका नगर अध्यक्षहरुको समेत सहभागिता थियो ।
Discussion about this post