झापा । चारआलीमा रहेको ज्ञानोदय शिक्षक सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सात जना सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मिश्रादेवी गुरुङ, देवीप्रसाद पराजुली ,कृष्ण सुवेदी, नवकुमार राय, किसन न्यौपाने, सोमबहादुर तामाङ र सावित्रा सुवेदी रहेका छन् । कार्यक्रममा सात जना विशिष्ट व्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो ।
कदरपत्र प्राप्त गर्नेहरुमा भलाकाजी कठेत, जयप्रसाद प्रसाईं, भीमा दाहाल, डा. अर्चना न्यौपाने, डा. पवन श्रेष्ठ तथा उत्कृष्ट बचतकर्ताका रुपमा सुष्मा दाहाल र उत्कृष्ट कारोबारीमा जानुका तोलाङीलाइ कदर गरिएको थियो । सामुदायिक विद्यालयतर्फ एसईई परीक्षातर्फ उत्कृष्ट अंक प्राप्त गर्ने सृजन सापकोटा र सस्थागत तर्फ प्रशिद्धी निरौलालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, जिल्ला बचत संघका राजेन्द्र रिजाल, नेत्र खरेल र प्रमुख अतिथी गणेश ढकाल थिए । अध्यक्ष न्यैपानेले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष लता खरेलले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव डिल्लीराम अधिकारीले गरेका थिए ।
Discussion about this post