विराटनगर । नेकपा एमालेको कोशी प्रदेश पहिलो अधिवेशन आज सुरू भएको छ । अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर उद्घाटन गरे ।
प्रदेश अधिवेशनमा सहभागी हुन अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु विराटनगर आइपुगेका छन् ।
नेकपा एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए ।
Discussion about this post