झापा । बाह्रदशी गाउँपालिका–२ निवासी २० वर्षीय अजय शर्मा खत्वे करणी अभियोगमा पक्राउ परेका छन् । उनी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
आरोपित खत्वेले एक किशोरीलाई सात दिनसम्म करणी गरेको अभियोग लागेको छ । खत्वेले ती किशोरीलाई खोटाङको दिक्तेलरुपाकोट मझुवागढी–१मा असोज १०देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वाह्रदशी गाउँपालिकाका एक जना जनप्रतिनिधिका अनुसार आरोपित खत्वे र पीडित भनिएकी किशोरीबीच प्रेमसम्बन्ध रहेको र उनीहरुले भागी विवाह गरेको बताइएको छ । तर, पीडित भनिएका किशोरीको परिवारबाट विवाह गरिदिने भन्दै उनीहरुलाई फकाएर घर बोलाएको र बलात्कार आरोपमा पक्राउ गराइएको बताइन्छ ।
Discussion about this post