काठमाडौं । परराष्ट्रमन्त्री साउदले, नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएकाछन् । २५४ जनानेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओलिएपछि सञ्चारकर्मीसंग उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए ।
उनले भने ‘इजरायल सरकार त्यहाँभएकानेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’
अहिले २ सय ५४ जनाआएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उने बताए । मन्त्रि परिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमानपनिपठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपालीदूताबासलाई निर्देशनगरिसकेको छ ।’
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै पनिउनले सुनाए ।
Discussion about this post