इटहरी/काश्यप गोत्रप्य अधिकारी वंश प्रतिष्ठान सुनसरीले सामूहिक देउसीभैलो कार्यक्रमको आयोजना गरेको छ ।
देशभरीका अधिकारीहरूलाई जोड्दै आएको प्रतिष्ठानले संस्कृतिको जगेर्ना गर्नका लागि देउसीभैलो कार्यक्रमको आयोजना गरेको जनाएको छ । संस्कृतिको जगेर्ना गर्दै आपसी भाइचारा कायम गर्नका लागि सामूहिक देउसीभैलो कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठान सुनसरीका सचिव रमेश अधिकारीले बताए ।
देउसीभैलो कार्यक्रममा प्रमुख अतिति प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष शान्तिबहादुर अधिकारी रहेका थिए । यस्तै, सल्लाहकार प्रदीप अधिकारी, जिल्ला अध्यक्ष लीलाराज अधिकारीलगायत जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । यस्तै, विभिन्न निकायको माथिल्लो ओहोदामा पुगेका अधिकारीहरूलाई सम्मानसमेत गरिएको छ ।
Discussion about this post