बिर्तामोड। झापाको कमल गाउँपालिकामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा मोरङको सुन्दरहरैँचा–५ बस्ने २४ वर्षीय मदन मगरको मृत्यु भएको हो ।
कमल गाउँपालिका ३ स्थित सहिद गेटनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को। २१ प ७७ नम्बरको मोटरसाइकल एक्कासि बाटोमा निस्किएको भैँसीसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा चालक मगर र मोटरसाइकलको पछाडि बसेका सुन्दरहरैँचा–५ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका थिए ।
Discussion about this post