झापा । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ ।
यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई हप्ताभन्दा लामो समयसम्म चल्ने प्रतियोगिताको नाम ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ हुने भएको छ ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगसँग जोडिन पाउँदा आफूलाई गौरव लागेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।
भद्रपुरको पुरानो शाखलाई फर्काउन फुटबलले भूमिका खेल्ने आफूले विश्वास लिएको पोखरेलको भनाइ छ । त्यसका लागि प्रतियोगितालाई सहयोग गरेको उनले बताए ।
अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको छ ।
भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
Discussion about this post