इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न समयमा इटहरीबाट चोरी भएका मोबाइल आज एक कार्यक्रम गरी सम्बन्धितलाई हस्तान्तरण गरेको छ ।
प्रहरीले केही समय यता बरामद गरिएका १७ थान मोबाइल सम्बन्धितलाई हस्तान्तरण गरेको हो । चोरी भएको मोबाइल फिर्ता हुँदा खुसीको सीमा नरहेको इटहरी ६ की प्रज्ञा सापकोटाले बताइन । जोगमनिमा सामान किन्न जाने क्रममा आफ्नो मोबाइल चोरी भएको भए पनि इलाका प्रहरी कार्यालय इटहरीले बरामद गरेर दिँदा निकै खुसी लागेको बताइन ।
उनी सहित प्रहरीले मिना राई,पवित्रा मगर,कृष्ण भुजेल,मुना भुजेल,कन कुमार राई,टेकराज आचार्य,सुजात तामाङ,,अमिर अन्सारी,प्रवेश मगर,उद्धव गिरी,गङ्गा राजवंशी,सुरज सरदार,बिन्द्र कुमार राई,रोदन थापा,शुष्मा भटराई र अनिल उरावको समेत प्रहरीले मोबाइल हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
Discussion about this post