इटहरी । नागरिकता समेत फर्जी बनाएर एक ब्याक्तिको जग्गा अर्को ब्याक्तिलाई बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी ४ सङ्गीत चोकमा बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेका छन् । देव लगायतको गिरोहले सुनसरी वराहक्षेत्र ३ मा भरौलमा रहेको कि.न ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउको कि.न ७५० को.ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धन पुर्जा समेत फर्जी बनाई बिक्री गरेको पाइएको छ ।
बिक्री गरेर टोकन बैना समेत लिएको अवस्थामा पीडित जग्गाधनी संजिब खनालले उजुरी दिएपछि देवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सो कार्यमा संलग्न गिरोहका अन्य व्यक्तिहरू पनि रहेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
Discussion about this post