इटहरी । मानव बेचबिखनको आरोपमा इटहरीबाट एक युवति सहित २ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा इटहरी ९ की २१ बर्षिया निशा कार्की र कृष्ण हरि घिमिरे रहेका छन् । पक्राउ परेका दुबैलाई आज इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । पक्राउ परेकी निशाले इटहरीमा यौन धन्दा चलाउनका लागि ५ हजार देखि १० हजार रुपैयाँ लिएर केटी मिलाइदिने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबैलाई जिल्ला अदालत सुनसरीबाट मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
Discussion about this post