इलाम / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारमा पुगेपछि जनप्रतिनिधिले सपना पुरा गर्न भन्दा पनि योजना बनाउन लाग्नु पर्ने बताएका छन् । समुदायमा काँग्रेस अभियान अन्तर्गत इलाम प्रतिनिधिका रूपमा जिल्लामा आउनु आएका उनले पत्रकार भेटघाट गर्दै यस्तो बताएका हुन् ।
धेरै जनप्रतिनिधिहरू लाभको पदमा पुगेपछि सपना पुरा गर्दै गएकाले व्यवस्था नै धरापमा पर्ने स्थिति आएको भन्दै उनले जनताका काममा लाग्नु पर्नेमा जोड दिए । उनले व्यवस्था माथि नै प्रश्न उठ्ने गरेकाले बरु नेतृत्व बदल्न लाग्नु पर्ने व्यवस्था बदल्न लाग्न नहुने बताए ।
संसारकै उत्कृष्ट व्यवस्था नेपालकै भएकाले पनि लोकतन्त्रमा विश्वास गर्न आग्रह गरे । एकल प्रणालीबाट बहुदलीय व्यवस्थामा गएपछि जनता माझ नै अवसर गएको उनको भनाई छ ।
समुदायमा काँग्रेस अभियान अन्तर्गत इलामआएका उनले गाउँ गाउँ र सबै वडामा पुगेर जनतासमक्ष सुझाव लिने र उठेका प्रश्नको उत्तर दिने बताए ।
नेपाली काङ्ग्रेसप्रति जनताको बुझाई के छ रु सरकारले जनताको पिर मर्कालाई कति सम्बोधन गरेको छ लगायतका विषयमा केन्द्रित रहने उनले बताए । ८१ वटा वडा रहेको जिल्लाका सबै वडा र टोलसम्म प्रतिनिधि खटाएर अभियान सफल बनाउने उनको भनाई छ ।
किसानले उत्पादन गरेका वस्तु बिक्री नहुँदा उत्पन्न भएको समस्या समाधानमा पहल, उद्योगी, व्यापारीलाई परेको आर्थिक सङ्कट कसरी सुल्झाउन सकिन्छ उनीहरू समक्ष नै पुगेर अन्तरक्रिया गरिने उनको भनाई छ । उनले भने हामी धेरै बोल्यौँ, अब हामी सुन्छौँ ।
जिल्लामा यस अघि हुने गरेको चुनावमा पार्टी भित्रैबाट अन्तर्घात हुने कुरा आएको भन्दै कांग्रेसले उठाएको प्रतिनिधिलाई भोट लगाउने वातावरण सृजना गरिने उनको भनाई छ । अब काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने भन्दै उहाँले सुदृढ काँग्रेस निर्माणमा सिङ्गो पार्टी जुटेको उनले बताए ।
गएको राष्ट्रिय सभाको चुनावमा गठबन्धनले उठाइएका उम्मेदवार प्रति भएको घातलाई गम्भीर रूपमा लिएको र यसमा छानबिन हुने उनको भनाई छ । एक नम्बर प्रदेश लगायत देशैभर केही अन्तर्घात भएको उन्दै यसरी जान नहुने सुझाव व्यक्त गरे ।
नेपाली काँग्रेस जिल्ला सभापति डम्बर खड्का, उपसभापति खगेन्द्र देवान, संविधान सभा सदस्य नगेन्द्र कुमाल, प्रचार विभागका केन्द्रीय सदस्य पवन अधिकारी, प्रेस युनियन कोसी प्रदेश समितिका महासचिव सञ्जिव वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post