बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् । यसै परिपेक्षमा जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो ।
यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।
कुमार १७ महिनाअघि बिहारका मुख्यमन्त्री बनेका थिए ।
Discussion about this post