काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चन्द्रागिरि हिल्स काठमान्डौँमा विभिन्न सेमिनार तथा तालिम सम्पन्न गरेको छ ।
कम्पनीका ७ वटै प्रदेशका प्रमुख तथा विभागीय प्रमुखहरूको समेत सहभागितामा कार्यक्रम भएको हो ।
सो अवसरमा कम्पनीका अनुपाल विभाग प्रमुख प्रकाश कोइरालाले सञ्चालक समिति सदस्य , उच्च व्यवस्थापन, विभागीय प्रमुख, प्रदेश प्रमुखहरूलाई अनुपाल तथा ए एम् एल / सिएफ् टी सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त श्रेष्ठ र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मिले हरेक शाखा , प्रदेश ,विभागीय प्रमुखले कार्य गर्दा कम्पनीको नियमक निकायहरूले दिइएको निर्देशन ऐन कानुन र उच्च व्यवस्थापनबाट जारी हुने परिपत्रको पालना गर्दै ग्राहकहरूको सेवा गर्न निर्देशन दिएका थिए ।
Discussion about this post