बिर्तामोड । पूर्व मन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो ।
नेपाली काँग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको हो ।
नेपाली काँग्रेसका नेता उनी दुई पटक मन्त्री भएका थिए । उनी पञ्चायतकलामा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।
हक्की स्वभावका बुढाथोकी काँग्रेस राजनीतिमा मध्यमार्गी नेताका रूपमा परिचित थिए । सेतो बाघु उपनामले सम्बोधन गरिने बुढाथोकी करिब ४ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एक साता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा फोक्सोमा इन्फेक्सन भएको थियो ।
उनको पार्थिव शरीरलाई अहिले बिहान ७.३० मा अर्जुनधारा ८ स्थित निजी निवासमा ल्याएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईँले बताए ।
Discussion about this post