झापा । वीरता लेडी जेसीज पूर्वअध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सिटौला चयन भएकी छन् ।
पूर्व अध्यक्ष क्लबको बिर्तामोडमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सन् २०२४का लागि पूर्वअध्यक्ष क्लबको अध्यक्षमा सन् २००९की अध्यक्ष सिटौलालाई चयन गरेको हो ।
यसैगरी निवर्तमान अध्यक्ष पदेन सचिव रहने व्यवस्था अनुसार संगीता गिरीलाई सचिव चयन गरिएको छ । सन् २००४मा स्थापित वीरता लेडी जेसीजमा संस्थापक अध्यक्षसहित १८ जना पूर्व अध्यक्षहरु, एकजना आजीवन सदस्य र १३ जना मानार्थ सदस्यहरु रहेका छन् ।
पूर्वअध्यक्षहरुको अनुभव, जिम्मेवारी र सक्रियतालाई अझ व्यवस्थित गर्न सन् २०२१की अध्यक्ष स्वस्तिका आचार्यको पालादेखि विधिवत रूपमा पूर्वअध्यक्ष क्लब गठन गरिएको थियो ।
पूर्वअध्यक्ष क्लबको सक्रियतामा प्रत्येक वर्ष नारी दिवसको अवसरमा ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रमको आयोजना गरिँदै आएको छ ।
संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि रिजाल, मानार्थ सदस्यहरुको तर्फबाट यशोदा उप्रेती, वीरता लेडी जेसीज वर्ष २०२४ अध्यक्ष मेनुका ओलीले नव निर्वाचित अध्यक्ष र सचिवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
सन् २०२३को पूर्व अध्यक्ष क्लबका अध्यक्ष राधा सुब्बाको अध्यक्षता र सचिव संगीता चिमारियाको सञ्चालन रहेको साधारणसभामा पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष साथै मानार्थ सदस्यहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post