झापा । झापाको बिर्तामोडमा रहेको सिटौला इन्टरप्राइजेजले टु ह्वीलर्सका विद्युतीय सवारी बिक्री बितरण शुरु गरेको छ । भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडियाका विद्युतीय स्कुटरको बिक्री शुरु भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले याडियाका विद्युतीय स्कुटर बिक्री कक्षको उद्घाटन गरेका हुन् । बसन्त पञ्चमीको अवसर पारेर सिटौला इन्टरप्राइजेजले शोरुम उद्घाटन गरेको सञ्चालक गंगाप्रसाद सिटौलाले जानकारी दिए ।
बिर्तामोडको शोरुममा याडियाका इलेक्ट्रिक साइकल र स्कुटर दुवैको बिक्री शुरु गरिएको सञ्चालक निशा उप्रेती सिटौलाले बताइन् ।
झण्डै ५० लाख रुपैयाँ लगानी गर्दै शो रुम सञ्चालनमा ल्याएको र ८० हजारदेखि माथिका विद्युतीय दुई पाङ्ग्रे सवारी रहेको कार्यक्रममा जानकारी दिइयो ।
शोरुम उद्घाटनका अवसरमा सवारी खरिदकर्तालाई १५ प्रतिशतसम्म छुट दिइने सञ्चालक उप्रेतीको भनाइ छ ।
शोरुम उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की, संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, वाणिज्य सचिव सञ्जीव घिमिरे, उद्योग सचिव कुशल खतिवडा, कोषाध्यक्ष दीपेन्द्र राउत, पशुपति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नन्दकुमार कुँवर लगायतको आतिथ्य रहेको थियो ।
Discussion about this post