Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएको घटना सार्वजनिक भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा ३ माघमा १४ वर्षीया बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको हो।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको उल्लेख गरेका छन् ।
‘बालिकाको गर्भमा शिशु महिना दिनको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका रहेछन्,’ उपप्रमुख चौधरीले भने । परिवारले गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजेको उपप्रमुख चौधरीको भनाई थियो ।
उक्त शिशु भारतीय नागरिकको भएको बताइएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताए ।
प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्ने बताइएको छ । गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ ।
अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् । बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
Discussion about this post