झापा । श्रीमान् परस्त्रीसंग लागेको भन्दै पाँच बर्षीया छोरी सहित आमाले गरिन् आत्महत्या गरेकी छिन् । पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको आज उपचारका क्रममा मृत्यु भएको छ ।
२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा विकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।
रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
पाँच वर्षीय वर्षाको सोही दिन मृत्यु भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।
Discussion about this post