Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।
नयाँ बानेश्वरको संसद् भवनअगाडि यही माघ ९ गते आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त माग गरेको हो ।
आयोगका सदस्य लिली थापाले पीडित परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गरेको आयोगले जनाएको छ ।
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेको कुनै पनि व्यक्तिको बाँच्न पाउने हक र न्यायसम्बन्धी हकको सुनिश्चिताका साथै पेसा, व्यवसाय र सम्पत्तिको संरक्षण गर्ने वातावरणको निर्माण गरी राज्यको नागरिकप्रतिको दायित्व पूरा गर्न आयोगले माग गरेको छ ।
Discussion about this post