विराटनगर । विराटनगर महानगरपालिका–१५ भट्टी चोकको एउटा घरमा बिहीबार राति आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार आगोले जलेर पप्पु पाठकको घर ध्वस्त भएको छ । कर्कटपातको छानो भएको १ तले घरमा राति ११ः३० बजेतिर आगलागी हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगोले जलेर घरसहित घरभित्र रहेका लत्ताकपडा, कागजपत्र, काठपात, टेलिभिजन, डाइनिङ टेबल, खाटलगायतका सरसामान ध्वस्त भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोली तथा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा मानवीय र चौपाया क्षति नभएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post